१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन उपाध्यक्ष कुमार पन्त अमेरिका तिर

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ०७:५२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्त अमेरिका जाने भएका छन् । पन्त पन्त युनाइटेड नेप्लिज एसोशिएसनको चौथो सम्मेलनका बिशेष अतिथिको रुपमा अमेरिका जान लागेका हुन्।

शनिवार हुने अमेरिकाको न्यूयोर्क शहरमा आयोजना सम्मेलनका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष शेष घले र पूर्व आइसिसि सदस्य जमुना गुरुङ भने न्यूयोर्क आइपुगेका छन्। यो सम्मेलन मे २५-२६, २०१९ मा अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिएको छ।

भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन पश्चात संघका अन्तराष्ट्रिय परिषदका कार्यकारीहरु मध्ये उपाध्यक्ष पन्तको भ्रमण नै पहिलो हो। पन्तले संघको आगामी अक्टोवरमा हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे पछि विश्वव्यापी भ्रमणलाई तिब्र पारेका हुन् ।