१३ बैशाख २०८१, बिहीबार
Follow Us

घले दम्पतिलाई अमेरिकामा भव्य स्वागत

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ०८:२८

लण्डन । युनाइटेड नेप्लिज एसोशिएसनको चौथो सम्मेलनका प्रमुख अतिथि बन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पुर्व अध्यक्ष डा. शेष घले तथा पूर्व आइसीसी सदस्य जमुना गुरुङ न्यूयोर्क पुगेका छन्।

सम्मेलनका प्रमुख अतिथि घले दम्पतिलाइ कन्भेनर तथा अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय संयोजक सोनाम लामा, सोहि क्षेत्रका क्षेत्रीय उपसंयोजक नविन शेरचन, पासाङ लामा लगायतले घले दम्पन्तिलाइ न्योयोर्कमा स्वागत गरेका हुन्। घलेको स्वागतको लागि बिमानस्थलमा त्यहाँस्थित गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो ।

सम्मेलन मेमोरियल डे को सप्ताह अर्थात शनिवार अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिएको छ। सोही सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त समेत अमेरिका तिर जाने भएका छन् ।