१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतमा कम्युनिष्ट पत्तासाफ

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ११:२९

भारतको कम्युनिष्ट घटकले लोकसभा निर्वाचनमा हालसम्मकै न्युन सिट हासिल गरेका छन् ।
एक समयको गढ पश्चिम बंग्लामा खाली हात हुँदाँ उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरीमा कम्युनिष्टको सिट उसको कुल सिट ५ रहेको छ ।
हुनत कम्युनिष्टको मत घट्न थालेको सन् २००९ देखि नै हो । सन् २००४ मा संसदीय इतिहासकै सबैभन्दा धेरै लोकसभा सिट जितेका कम्युनिष्टले लगतै पछि सन् २००९ मा जम्मा २४ सिटमात्र जिते ।
त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् ।
सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टले तत्कालिन युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।
हाल प्राप्त पाँचमध्य चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो । त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन् । उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ ।
कम्युनिष्टका केही महत्वपूर्ण उमेद्वारमध्य निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्या मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौथो आएका छन् ।