१६ चैत्र २०८०, शुक्रबार
Follow Us

होसियार, यी हुन् काठमाडौंमा जग्गा मिलाइदिने भन्दै ठग्ने महिला

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ११:३१

काठमाडौं– २ करोड करोड १० लाख ठगी गरेकको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
घरजग्गा कारोबारी काभ्रेको रोशी गाउँपालिका ८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ बस्ने ३८ वर्षीया निलम गुरुङ, तामाङ, घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले साविकको सुन्तोल गाविस वडा नम्बर ३ मा रहेको एउटा कित्ता जग्गा देखाई सोही वडाको लप्सीफेदीको अर्को जग्गा अमित समेत लगेर नापजाँच गराई एक करोड ५० लाखमा पास गराई ठगी गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता डीएसपी केदार ढकालले जानकारी दिए ।
ठगिएको थाहा पाएपछि धन गौचनले दिएको जाहेरीको आधारमा बबरमहलबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रहरी अनुसन्धानबाट उनले तुलसी प्रसाद देवकोटालाई इटहरीको १० कठ्ठा जग्गा मिलाइ दिन्छु भनि ६० लाख ठगी गरेको समेत खुल्न आएको छ ।