१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोल्डेनसिपमा स्मृतीको बिशेष साङ्गितीक साँझ

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार १२:०१

लण्डन । साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा गायिका स्मृती पोखरेलको बिशेष साङ्गितीक साँझ हुने भएको छ।

२६ मे आइतबार साँझ गोल्डेनसिपमा स्मृतीले आफ्नो प्रस्तुती देखाउने भएकी हुन् । कार्यक्रम साँझ साढे ६ बजेदेखि राति अबेरसम्म सञ्चालन हुने आयोजक देव गुरुङले बताए । कार्यक्रममा प्रवेश शुल्क समेत नराखिएको उनले बताए ।

आयोजक गुरुङले सहभागिताका लागि त्यहाँका सबै नेपालीलाई आग्रह गरेका छन् ।

यसैबीच, एक म्युजिक भिडियो छायाँकनको लागि स्मृती केही दिन बेलायतमा रहनेछिन् । “तिम्रो चन्चले चुलबुले” बोलमा रहेको गीतको छायाँकन बेलायतमा गरिन लागेको हो । सुजन ढकालको शब्द र संगीत रहेको गीतको भिडियोमा स्मृतीको नै अभिनय रहनेछ ।