११ बैशाख २०८१, मंगलवार
Follow Us

विमानस्थलबाट सात करोड ६७ लाख नक्क्ली भारु यसरी परे फन्दामा (फोटो)

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार १७:३३

नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ ।

पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पक्राउ परेकाहरु बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउपर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।
उनीहरुलाई काठमाडौं प्रहरीले आजै सार्वजनिक गरेको छ ।