काठमाडौं – करोडौँ ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा एसपी सुदिप गिरीले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई बैंककमा पक्राउ गरी नेपाल ल्याएइको पुष्टि गरे।

उनले भने,‘ गुरुङ २०७५ चैतमा थाइल्याण्डको बैंककमा पक्राउ परेका थिए,त्यसपछि विभिन्न कानुनी प्रक्रिया पर्याइ शुक्रबार साँझ नेपाल ल्याइएको छ।’ नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन ९इन्टरपोल०ले २०७२ असार २९ मा गुरुङविरुद्ध ुडिफ्युजन नोटिसु जारी गरेको थियो। लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्याण्ड प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो। नागरिक दैनिकमा खबर छ ।