१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गुलाफसँगको प्रेम भित्र ‘स्वेच्छा’

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७६, शनिबार १०:४४

सुरेश जंग शाह

‘म पनि उनलाई सम्बोधन गर्न चाहन्थेँ तर नामै थाहानपाएको हुँदा ओठहरूमा कम्पन बढ्दो थियो । उनी म संग मन्द मुस्कुराइन्… स्वर्गको आनन्द थियो त्यो मुस्कानमा ? वरिपरिको सम्पूर्ण वातावरणमा चहलपहल देखियो ।गुलाफले हाँस्दै बोलाइन्.. विराज ?

‘पुराना सम्झनाहरू आँखाअगाडि सलवलाइरहे रूविना उही चन्चल,हसिली रूविना जोसंग म धरान जाँदा भेट भएकोथियो । म काठमाडौँ आउदा उनले कैयौँ आँसु बगाइन् तर मैले एउटा चिठी सम्म पनि लेखिन ।’

यी उद्यृत पंक्तिहरूमा रूविनाका आँसुले छेक्न नसकेका विराजका पाइलाहरू र फर्काउन नसकेको विराजको मन एकाएक झाडिमा फूलेको गुलाफको फूलतिर लम्कन्छन् र क्रमशस् आकर्षित हुन्छ । मन भित्र मायाको अनुभूति स्पर्सित हुँदा आफूले ठुकुराएकी उनै मायालु रुबिनालाई पाउन जाँदा अर्कैको डोलीमा अन्मिएको पाएपछि विछिप्त विराजको मन निन्द्रामा वा तन्द्रामा गुलाफभित्र नै आफूलाई माया गर्ने मायालु रूबिनालाई पाउँछ र विराज गुलाफ संगै बोलिरहेको हुन्छ ।

कथाकार संगीता स्वेच्क्षाले बढो सशक्तरूपले प्रेमको अनुभूति बिम्बमा अभिव्यक्त गर्न सफल रहेकि छिन्। यहाँ रूबिनाको उपस्थिति गुलाफ भित्र हुन्छ र विकासको मनलाई प्रभावित बनाउँछ । गुलाफ बोल्छ त्यही भाषामा जुन रूबिनाले बोल्थिन् । गुलाफ मुस्कुराउंछ त्यही शैलीमा जसरी रूबिना मुस्कुराउँथिन् । मायाको स्पन्दन् भित्र स्पर्सित विराजको मनोभाव गुलाफसँग मुर्त वार्तामा उतार्न सफल आख्यानकार डा।संगीता श्रेष्ठ ुस्वेच्क्षाु ले यहाँ मायाको स्पर्स बस्तु र ब्यक्तिबीच उभ्याउन खोजेकी छिन् आफ्नोआवरण कथा ुगुलाफसँगको प्रेमु मा र अमुर्त अभिव्यक्तिलाई मुर्तरूपमा उतार्ने यो शैली साँच्चिनै प्रसंशनीय छ । चाहे त्यो झाडिमा फूलेको गुलाफ होस वा बगैँचामा हुर्काइएको फूल होस अस्तित्वको सम्मान हुनु पर्ने, मायाको पहिचान हुनु पर्ने जिकिर कथामा लेखिका स्वेच्क्षाको रहेको छ ।

जीवन फूल र काँडाहरूबीचको सङ्गम हो जुन सरल र कठिन जङ्गारहरूमा अविरल यात्रा गर्दै अगाडिबढिरहन्छ, यस्तै सार बोकेका आफ्ना बीसवटा कथाहरूसँगालेर ुगुलाफसँगको प्रेमु कथा संग्रह पाठक समक्ष पस्केकी छिन् कथाकार डा।संगीता श्रेष्ठ ुस्वेच्क्षाु ले ।नेपाल, बेलायत र अस्ट्रेलिया यी तीन देशको सेरोफेरो भित्र आफ्ना कथाहरूको उब्जनी थलो बनाएकी स्वेच्क्षाले देशदेखि विदेश सम्म सायद आफूले देखेसुनेका अनुभूतिहरूकथ्न आफ्नो साहित्यिक प्रतिभा अत्यन्त सरल रसुवोधरूपले उपयोग गरेर समाजको आँखा उघार्ने प्रयत्न गरेकिछिन् । स्वेच्क्षाको लेखन शैली कतै आत्मापरख छन् , कतैपात्रपरख छन् । कथा लेखनमा मीठास छ, विषयवस्तुमा गहन्ता छ । कथा संग्रह भित्रका बीसवटा कथारूमा पहिलो कथा गुलाफसँगको प्रेम हो र यसैबट पुस्तकको नामराखिएको छ । अन्तिम कथा ुविक्षिप्त मनको डायरीु हो ।जुन दैनिकी डायरी लेखनको शैलीमा नै बढो मार्मिकरूपले कथिएको छ । कथाका बुनाइमा भिन्न आकार दिन सफल कथाकार स्वेच्क्षा आफ्ना कथाहरूमा नारी अधिकारकापक्षमा वकालत गर्दा पुरूष अधिकारका कुरा पनि उठाउनपछि परेकी छैनन् । आजका मान्छेका स्वार्थि चाहाना रसुखको खोजीलाई उजागर गर्दै जीवनयापनका कुराहरू हुन्वा प्रेम(मायाजालका कुराहरू हुन् । विविध संस्कृति रपरिवेशको प्रभाव होस वा अफवाहको शिकार वा बजारूब्यापारमा धोका, द्वयस आदि आफ्नो कलममा समेटेरकथाकार स्वेच्क्षाले समाजलालाई समाज भित्रकै एेनादेखाउने काम गरेकी छिन् । समग्रहमा भन्नु पर्दा गुलाफसँगको प्रेमु कथा सङ्ग्रह एउटा सामाजिक कथा सङ्ग्रह हो र कथाकार स्वेच्क्षा आफ्ना कथाहरूमा त्यही उभिएकी छिन् जहाँ समाज उभिएको छ ।

लण्डनमा नेपाली साहित्य विकास परिषद्यूकेले छतज ःबथ द्दण्ज्ञढ का दिन नेपाली नयाँ वर्ष २०७६को शुभागमनमा आयोजित ३०औँ साहित्य संध्यामा लोकार्पण गरिएको ुगुलाफसँगको प्रेमु कथा सङ्ग्रह भित्र समिक्षात्मक मन्तव्य राख्नु हुँदै साहित्यकार निर्मल कुमार थापा लेख्नु हुन्छ, गुलाफसँगको प्रेम एउटा अपत्यारिलो कथा हो । नेपालीपनको अन्तरनिहित तत्वकाजीजिविषालाई आफूभित्र राखी जलसिञ्चित गरीभावनात्मक भ्रमणमा भरिएर नेपाल र नेपालीको अपनत्वलाई शृङ्गार गरी आफ्ना रचनाहरूमा प्रवाहित गर्नु घरदेखि टाढा भएकाहरूका लागि अपत्यारिलो घटना हो ।यो घटना कुशल शिल्पकारद्वारा सम्भव छ । अव्यक्त भावनाका बारेमा, अल्झिएको दिनचर्या, नागरिक हुनुको रहस्य देखि लरेनका ड्याडीहरूका बारेमा लेखिनु फिक्सन नभइकन फ्यक्ट हो ।

यस्तै अर्का साहित्यकार कृष्ण बजगाँई लेख्नुहुन्छ, कथाकार स्वेच्क्षाका कथाहरू पढ्दै जाँदा हामीले बाँचिरहेको समाजको तस्बिरका पानाहरू पल्टँदै जान्छन् । पुरूषको संकीर्ण मनोवृति, नारीवादी चिन्तन र स्वार्थिपना जस्ता विषयका कथाले हाम्रो समाजको चिरफार गरेका छन् । यस गुलाफसँगको प्रेम सङ्रगहका कथामा प्रेमील जीवनका नारी र पुरूष विभिन्न रङ्गमा आ(आफ्नै संसारमा फूलेका देख्न पाइन्छन् ।

स्वयम लेखिका डा।संगीता श्रेष्ठ ुस्वेच्क्षाु आफ्नोप्रस्तुत पुस्तक ुगुलाफसँगको प्रेमु माथि मन्तव्य राख्दै लेख्छिन्, जीवन पनि गुलाफ र त्यसमा हुने काँडाको संगमनै त हो । त्यसैले त जीवनका क्षणहरू अनि भोगाइहरू कहिले गुलाफ जस्तै कोमल हुन्छन् त कहिले काँडाझैँ बनिदिन्छन् । समाजमा हुने घटनाहरू अनि तीँ घटनामा उत्रिरहेका चरित्रहरूको जीवनमा आएका उतावचढावलाई यस कथा सङ्ग्रह मार्फत प्रस्तुत गर्ने कोसिसगरेकी छु ।

कलर नेपालद्वारा प्रकाशित १६४ पेजको गुलाफसँगको प्रेम कथा सङ्ग्रह देश भित्र र देश बाहिर उभिएको वर्तमान जीवनशैलीको एउटा खरो दस्तावेज हो, जुन पढेर पाठकहरूमा जीवनका धेरै पहलुहरूको पत्ता खुल्दैजाने छन् । एकचोटी पुस्तक किनेर पढ्नु हुन साहित्य प्रेमीपाठकहरूमा म यहीँनिर आग्रह गर्दछु र विटमार्नु अघिकुशल लेखिका नेपाली साहित्य विकास परिषद् यूके कीसहमहासचिव कथाकार डा।संगीता श्रेष्ठ ‘स्वेच्क्षाु मा मुक्तकण्ठले प्रशंसाको माला पहिराउँन चाहान्छु ।