१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारतीय निर्वाचनको प्रचार गर्ने टिभीनै गायब

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७६, शनिबार १०:५५

लोकसभा चुनाव सुरु हुनु ठीक अघि मार्च २६ मा जारी भएको विवादित ‘नमो टीभी’ अहिले टीबी सेटबाट गायब भएको छ । भाजपासँग सम्बद्ध सुत्रका अनुसार यो च्यानल मे १७ मा अन्तिम चरणको निर्वाचनको प्रचार अभियान रोकिएपछि बन्द भयो ।
अघिल्ला चरणमा चुनावी प्रचारका अनेक नियम उलंघनको उजुरी खेपेको यस च्यानलले सातौं चरणको चुनावअघि मात्र चुनावी नियम अनुसार ४८ घण्टा अघि राजनीतिक सामाग्री प्रस्तुती रोकेको थियो ।
नाम नबताउने सर्तमा भाजपाका एक नेताले भने ,“नमो टीभी लोकसभा चुनावको लागि भाजपाको प्रचार अभियानको हिस्सा थियो । चुनाव अन्त्य भएसँगै यसको औचित्य सकियो । त्यसैले मे १७ बाट जब चुनाव प्रचार अन्त्य भयो यो पनि बन्द भयो ।”