१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डनमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई ‘बसुन्धरा श्री पुरस्कार’ प्रदान (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७६, शनिबार ११:४२

लण्डन– बेलायत भ्रमणमा रहेका वरिष्ठ गायक प्रेमध्वज प्रदानलाई ‘बसुन्धरा श्री पुरस्कार–२०७५’ बाट सम्मान गरिएको छ ।
लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहका बीच प्रधानलाई राजदूत तथा बसुन्धरा प्रतिष्ठानका कूलपति डा. दुर्गाबहादुर सुवेदी र कोषाध्यक्ष पुनम सुवेदीले मफलर, माला, टोली,नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
शुक्रवार साँझ आयोजित कार्यक्रममा गायक प्रधानको सम्मानमा बेलायतका चर्चित गायक गायिकाले प्रधानले गायका १० वटा गीतको प्रस्तुती समेत गरेका थिए ।
यस्तै कार्यक्रमको अवसरमा मगर संघ युकेका नयाँ कार्यसमिति, पूर्व अध्यक्ष र संरक्षकलाई बधाई तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा वेलायतस्थित नेपाली समुदायतका प्रतिनिधीहरुको बाक्लो उपस्थिती थियो ।