१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज देशभरको अदालत बन्द

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार ०२:३७

काठमाडौं–सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही आइतबार देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जानकारी दिए ।

सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो । अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन भएका स्वर्गीय खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।