१३ बैशाख २०८१, बिहीबार
Follow Us

अख्तियारका एघार विज्ञ हटाइए

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार ०५:१२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको छ ।

कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहनुभएका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । हटाइनेमा कार्कीका छोरी आध्याश्री कार्की ९मेडिकल विज्ञ० पनि हुनुहुन्छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार सो निर्णय यही कात्तिक १७ गतेदेखि लागू हुने गरी गरिएको हो । उहाँले आध्याश्री कार्कीलाई अवैतनिक विज्ञका रुपमा मात्र राखिएको स्पष्ट गर्नुभयो ।