१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपराष्ट्रपति कप छनोटमा खेलाडीबाट पैसा उठाइयो

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार ०३:१३

राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागिता जनाउन खेलाडीले रकम तिर्नुपर्ने नियम छैन । छनोटदेखि मुख्य प्रतियोगितासम्म खेलाडीले विनाशुल्क प्रतिस्पर्धा गर्न पाउँछन् । तर, भैरहवामा सञ्चालित उपराष्ट्रपति कप छनोटमा आयोजकले सहभागी खेलाडीसँग रकम उठाएको खुलासा भएको छ ।

प्रतियोगितमा सहभागिताका लागि करातेका ९५ र तेक्वान्दोका ९० खेलाडीसँग जनही दुई हजार दरले तीन लाख ७० हजार उठाएको हो । छनोट चरणमा तीन सय ५० भन्दा बढी खेलाडी सहभागी थिए । नयाँ पत्रिकामा खबर छ ।