१३ बैशाख २०८१, बिहीबार
Follow Us

सगरमाथा आरोहणका सम्बन्धमा गलत प्रचार

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार ०९:०६

पर्यटन विभागले सगरमाथा आरोहणका सम्बन्धमा गलत प्रचार भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर सामाजिक सञ्जालबाट नियम विपरित धारणा फैलाउने तथा पुराना फोटो तथा भिडियो प्रयोग गरेर सगरमाथाको गरिमा र महत्वलाई होच्याउने काम भएकोमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले भनेको छ–‘आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएकोले यस्ता गंभिर विषयप्रति आफ्ना धारणा सार्वजनिक गर्नुपूर्व सवैले ध्यान पु¥याई यस विभागको महत्वपूर्ण र संबेदनशील मानिने पर्वतारोहण कार्यमा सबैको सहयोगको अपेक्षा गरेको छु ।’
हालै सामाजिक सञ्जाल फेसबुकमा एक बिदेशी आरोहणकर्ताले सगरमाथा शिखरमा हस्तमैथुन गरेको भनिएको फोटो भाइरल भइरहेको छ । सो बारेमा विभागले स्पष्ट रुपमा खण्डन नगरेपनि पुराना फोटो प्रयोेग गरेर सगरमाथाको गरिमालाई होच्याउने काम गरेको भन्दै त्यसप्रति संकेत गरेको छ ।
यो बर्ष मौसम प्रतिकूल भएका कारण बैशाख ३१ गतेदेखि सगरमाथामा डोरी टाग्ने काम गरेको र बैशाख २ गते कम संख्याका आरोहीले सगरमाथा आरोहण गरेको, बैशाख ७ देखि १० गतेसम्म मौसम अनुकुल रहेपनि बैशाख ७ गते आरोहणको योजना बनाएकाहरु हावाहुरीका कारण चौथो शिबिरमै बस्न बाध्य भएको विभागको भनाई छ ।