८ बैशाख २०८१, शनिबार
Follow Us

सगरमाथाबाट बहूमूल्य पत्थर ल्याउँदा….

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार ०९:०८

काठमाडौं–सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको बहूमूल्य ‘पत्थर’ प्रहरीले बरामद गरेको छ ।
सगरमाथा क्षेत्रमा भेटिएको पथ्थरलाई आरोहणबाट फर्किएका एक आरोहीले ल्याएकोमा त्रिभुवन विमानस्थलबाट प्रहरीले बरामद गरेको हो । आराही पेम्बा दोर्जे शेर्पाले र अर्का एक विदेशी नागरिकसमेतले ल्याएको सो ‘पत्थर’ संकास्पद देखिएकाले बरामद गरी बन विभागलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो ढुंगा फेला परेको थियो ।
ढुंगा फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर बम विभागका अधिकारीलाई पत्थर जिम्मा लगाएर छाडिएको बताइएको छ ।
सोही हेलिकप्टरमा सगरमाथा आधार शिविरमा खटिएका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत समेत सवार रहेको बताइएको छ ।