८ बैशाख २०८१, शनिबार
Follow Us

धामीद्वारा किशोरीमाथि यौन दुव्र्यवहार

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार ०५:३०

झापा । बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई झारफुक गर्ने बहानामा उनले यौन दुव्र्यवहार गरेका थिए । झारफुक गर्न आएका उनले किशोरीकी आमालाई फूल लिन पठाएको र भाइलाई पानी लिन पठाएर बालिकामाथि यौन दुव्र्यवहार गरेको सूचना आएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । रफिगुललाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले दुई फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका शान्तिनगर–१ निवासी ४३ वर्षीय मिलन वेघा र सोही ठाउँका ३० वर्षीय निमा तामाङलाई आजै जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट वन मुद्दामा छ महिना कैद र रु एक लाख नौ हजार ९८४ जरिवाना तोकिएको थियो ।