१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार १०:०४

काठमाडौं-प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं महानगरपालिका-१२ टेकुका ३२ वर्षीय सागर च्यामेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वर चुनीपाखामा खटीएको प्रहरीले तलासी गर्ने क्रममा सागरको साथमा लागूऔषध फेनारागन १ एम्पुल, नोर्फिन १ एम्पुल र डाइजेपाम १ एम्पुल सहित सागरलाई फेला पारी पक्राउ गर्ने क्रममा छाड्नको लागि १ हजार ५० रुपैँया दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । सागरलाई उक्त लागूऔषध र नगद सहित पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोकका १९ वर्षीय रुपेश माझीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बा.३ ख ५४२४ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा सहचालकले चलाएको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा प्रहरीलाई १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनलाई उक्त रकम र ट्रिपर सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेल्ने २० जना पक्राउ :
काठमाडौं-काठमाडौं महानगरपालिका-१५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका-४ घर भएका ४६ वर्षीय आनन्द पौडेल लगायत १० जनालाई नगद ४० हजार २ सय ४५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सोही महानगरपालिका धिमिलोस्थित राजभाई कर्मचार्यको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने धादिङ सुनौला बजारका ४२ वर्षीय रुद्र श्रेष्ठ लगायत १० जनालाई नगद २७ हजार ८ सय १० रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

पूर्व प्रहरी हुँ भनी ठगी गर्ने दुई पक्राउ
काठमाडौं-पूर्व प्रहरी हुँ भनी ठगी गर्ने अर्घाखाँची सितापुर-६ घर भएका ३० वर्षीय हरिलाल खनाल र सोही ठाउँस्थित पिप्रा बस्ने १९ वर्षीय कपिल रिजाललाई शनिबार दिउँसो महागरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१६ वनस्थलीमा सनराइज बेकरी सप संचालन गर्ने नुवाकोट विदुर नगरपालिका-७ रातमाटे घर भएका विनोद नेपाललाई जेठ ६ गते पूर्व प्रहरी हुँ भनि १ लाख रुपैयाँ ठगी गरी हरिलाल र कपिल फरार भएको भन्ने सूचनाको आधारमा उनीहरुलाई काठमाडौं जमलबाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।