१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजधानीको नागढुंगामा पनि बम विस्फोट दुई जना घाइते

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार १६:२२

काठमाडौं– राजधानीको नागढुंगामा पनि बम विस्फोट भएको छ ।

चन्द्रागिरि नगरपालिका–३ नागढुंगा आइतबार राति बम विस्फोट हुँदा दुई जना घाइते भएको छ ।
थानकोटका डिएसपी कुमार थापाले घटनामा दुई जना घाइते भएको पुष्टि गरे ।
आजै राजधानीको दुई स्थानमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु हुनुका सागै ७ जना घाइते भएका थिए ।