७ बैशाख २०८१, शुक्रबार
Follow Us

विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार १७:५०

काठमाडौँ- प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आज साँझ गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरुका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।