१२ बैशाख २०८१, बुधबार
Follow Us

कहाँ–कहाँ भेटियो बम ? देशभर आतंक

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ०८:५९

काठमाडौं– सोमबार राजधानीसहित देशका विभिन्न स्थानमा बम फेला परेको छ । सोमबार कार्यकर्ता हत्याको विरोधमा प्रतिबन्धित विप्लव समूहले बन्द आह्वान गरेको र त्यसलाई सफल बनाउने उद्देश्यका साथ आतंक फैलाउन बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।
बिहानै राजधानीका विभिन्न स्थानमा बम फेला परेको छ । सातदोबाटो, भैसेपाटी र हात्तीबनमा बन फेला परेको हो ।
यसअघि आइतबार पनि राजधानीको विभिन्न स्थानमा बम फेला पर्नुका साथै तीन स्थानमा विस्फोट समेत हुँदा ४ जनाको ज्यान गएको थियो ।
विप्लवका कार्यकर्ताले बस जलाए
सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।