१३ बैशाख २०८१, बिहीबार
Follow Us

हेटौंडास्थित नापी कार्यालयमा आगलागी

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार १४:२६

मकवानपुरको हेटौंडामा रहेको जिल्ला नापी कार्यालयमा आगलागी भएको छ । कार्यालय समयमा आगलागी भएपछि भागदौड मच्चिँदा उन्नाईस जना घाइते भएका छन् । उनिहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । आगलागीबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजात जलेको छ भने भौतिक पूर्वाधारमासमेत सामान्य क्षति पुगेको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ । आगलागीको कारण अझै यकिन हुन सकेको छैन ।।

पोल आगलागी
यता, काठमाडौको अनामनगर चोकस्थित बिगमार्ट छेउमा बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । बिजुलीको पोलमा रहेको तार निकै लामो समय बल्न थालेपछि पैदल यात्रु तथा सर्वसाधारणलाई आवातजावत गर्न समस्या भएको थियो । पोलमा भएको आगलागीका कारण आसपासका क्षेत्रमा केहि समय टाफ्रिक आवागमन समेत प्रभावित भएको थियो । अनामनगर आवास क्षेत्रमा विद्युत् आपूर्तिका लागि सो पोलमार्फत् तार लगिएको थियो । आगलागी भएको करिब २० मिनेटपछि आएको दमकलले आगो नियन्त्रणमा लिएको छ ।