७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरियामा एक नेपाली सामाजिक अभियन्ता छनान नगरपालिका द्वारा सम्मानित

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ०९:०४


कृष्ण पुरी ।

कोरियामा रहेका एक नेपाली कोरियाको छनान नगरपालिका बाट सम्मानित भएका छन्। एक सरल, सालिन, मिलनसार, इमान्दार, सहयोगी परोपकारी भावना भएका सकृय सामाजिक अभियन्ता नेपाल कोरिया बिचमा सामाजिक ,साँस्कृतिक र परोपकारी कार्यमा उदाहरणीय कार्य गर्दै आएको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले सोही क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता यम श्रेष्ठ लाई सम्मान प्रदान गरिएको हो ।

इपियस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका करिब एक दशक दक्षिण कोरियामा रहदै आउनु भएका धुलिखेल न।पा।(१२,शंखु काभ्रे निबासी श्रेष्ठ कोरियामा हुने बिभिन्न सामाजिक संघ संस्थामा आबद्द रहनुका साथै साँस्कृतिक परोपकारी सामाजिक कार्यमा कोरिया प्रवेश गरे देखिनै सकृय रूपमा लागिरहनु भएको छ। साथै निकै उर्जावान मिहिनेती र सकारात्मक सोचका धनी श्रेष्ठको नेतृत्वमा नै दर्जनौ विभिन्न राष्ट्रिय सहयोग अभियान पार्दर्शी उदाहरनिय रुपमा सफलतापुर्वक सम्पन्न गर्दै,निस्वार्थ राष्ट्रप्रेम भावले युवाहरूलाई उर्जा भर्दै सामाजिक कार्यमा लाग्न प्रेरणा दिदै, सकारात्मक संदेश छर्दै निरन्तर सक्रिय रुपमा लाग्दै आउनु भएका छन् िउहाँकै संयोजकत्वमा पछिल्लो गत महिना कालिकोटमा निर्माण भइरहेको रास्कोट सामुदायिक हस्पिटल निर्माणको लागि कोरियाबाट करिब ४४ लाख रुपैयाँ सहयोग संकलन गरेर सम्बन्धीत संस्थालाई पनि हस्तान्तरण गर्नु भएको थियो।