१५ बैशाख २०८१, शनिबार
Follow Us

मोदी फेरि आउलान् जनकपुर ?

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ०९:०५

सरकारले जनकपुर जयनगर रेल्वे सेवा तोकिएकै मितिमा सञ्चालनमा ल्याउने गरी रेल खरिद लगायतका कार्यहरु तीब्र रुपमा अघि बढाइएको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसका लागि रेल खरिदको प्रक्रिया तीब्र रुपमा अघि बढाइएको भएपनि खरिद गर्ने भनिएको रेल प्राप्त नभइसकेकाले कहिलेबाट रेल सेवा सुरु गर्ने भन्ने सम्बन्धमा निर्णयमा पुगिनसकिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले रेल खरिद नभएकै कारण रेल सेवा कहिलेदेखि सुरु गर्ने भन्नेमा मन्त्रालय अझैं टुंगोमा पुगिनसकेको बताए । उनले केही सञ्चारमाध्यममा रेल्वे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाउने तयारी रहेको भन्ने प्रकाशित समाचारको सत्यता नरहेको पनि विज्ञप्तिमार्फत जनाएका छन् ।