७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री केपी ओली बेलायत आउने

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ०९:२५

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली जुनको दोस्रो साता बेलायत आउने भएका छन् । नेपाली दूतावास लण्डन स्रोत अनुसार यूरोपेली मुलुक बेलायत, फ्रान्स र स्विटजरल्यान्ड भ्रमण गर्ने जानेक्रममा ओलीले बेलायत भ्रमण गर्न लागेका हुन् । अहिले प्रधानमन्त्री आउने भन्ने सामान्य जानकारी मात्र आएको हो बिस्तृत विवरण आउन बाँकीनै छ स्रोतले भन्यो ।

स्रोतका अनुसार यो साताका अन्त्यमा प्रधानमन्त्रीको भ्रमण बारे कार्यतालिका तयार हुने छ । ओलीले जुन ९ देखि १५ सम्म तीन यूरोपेली मुलुक बेलायत, फ्रान्स र स्विटजरल्यान्ड भ्रमण गर्न लागेको बताएको छ ।

ओलीले बेलायतको अक्सफोर्ड विश्वविधालयमा प्रवचन दिने र बेलायती अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बेलायतस्थित उच्च अधिकारीहरुसंगको भेटघाट तय हुनैं बाँकी रहेको छ ।