१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते बेलुकी ४ बजे घोषणा

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ०९:३५

आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् ।

त्यसका लागि सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह आग्रह गरेका छन् ।