१३ बैशाख २०८१, बिहीबार
Follow Us

विप्लवले बम पड्काएपछि बोले प्रचण्ड

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार १०:०६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन् ।

अध्यक्ष दाहालले बम आतंक फैल्याएर मात्रै राजनीतिक उद्देश्य पूरा हुन्छ भन्ने नसोच्न पनि चन्द नेतृत्वको नेकपालाई चेतावनी दिए ।

सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुले आईतबार साँझ काठमाडौंमा गरिएको श्रृखंलावद्ध बम विष्फोटको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रको आवश्यक्ता र जनताको चाहना पनि बम पड्काउने नभएकाले चन्द नेतृत्वको नेकपा अन्नत सरकारसँग वार्तामा आउनुको विकल्प नरहेको तर्क गरे ।
अध्यक्ष दाहालले संसदमा पेश गरिएको मिडिया काउन्सिल सम्बन्धि विधेयक आवश्यक परिमार्जनसहित पारित हुने पनि स्पष्ट पारे ।