१५ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधनको अन्तिम तयारीमा सरकार र दलहरु

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार १४:३३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्ने बताएका छन् । आज माओवादी केन्द्र पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले सरकार निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागेको बताए । उनले संविधान संशोधनको अन्तिम तयारीमा सरकार र दलहरु लागेको दाबी गर्दै छिट्टै नै सहमति जुट्ने बताए । आफू प्रधानमन्त्री बनेको कतीपयलाई मन नपरेको गुनासो गर्दै प्रधानमन्त्री दाहालले केही व्यक्ति र दलले देशको हितमा आफूले गरेको कामलाई गलत रुपले प्रचार गरिरहेको बताए । उनले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको दाबी गरे । भेटमा प्रधानमन्त्री दाहालले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले गम्भीरताका साथ लिएको बताए ।