१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आखिर किन यो जंगलमा गएका मानिस फर्किदैनन्

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार १६:३८

संसारभरि धेरै सुन्दर र रहस्यमयी जंगलहरू छन् । तर कुनै कुनै जंगल अत्यन्तै भयावह हुन्छन् । यस्तो जंगलमाघुम्न जान कोही चाहँदैन । अहिले बताउन लागिएको जंगलमा मान्छे घुम्न होइन, मर्न जान्छन् । धेरै वर्षदेखि यहाँ मानिसहरू आत्महत्या गर्न गइरहेका छन् ।

जापानमा भएको यस जंगलमा सूर्यको एक किरण पनि देख्न पाइँदैन । माउन्ट फुजीनजिकै रहेको यस जंगलको नाम ओकिघार फरेस्ट हो ।

यस जंगलमा गएर मान्छेले प्रायः झुण्डिएर मर्न रुचाउँछन् । सन् १९५० देखि अहिलेसम्म यहाँ ५०० भन्दा धेरै मानिस मरिसकेका छन् । सन् २०१० मा २६७ जना मानिस यहाँ आत्महत्या गर्न आएका थिए जसमध्ये ५४ जनाको मृत्यु भयो ।

यस जंगलमा पाइला राख्ने मान्छे कहिल्यै फर्केर आउँदैन । संसारभरि यो आत्महत्या जंगलका रूपमा कुख्यात छ ।