१२ बैशाख २०८१, बुधबार
Follow Us

बम विस्फोटको जिम्मा विप्लवले लिए, ५ जना सहिद घोषित

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार १७:४२

काठमाडौँ (विप्लव नेतृत्वको नेकपाले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको जिम्मेवारी लिएको छ ।
विप्लवले घटनामा ज्यान गुमाउने आफ्ना कमान्डरहरू रहेको र उनीहरु महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तर रहेको जनाएका छन् ।
साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई सहिद घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पाँचै जनालाई सहिद घोषणा गरेका हुन् ।

विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको पनि स्पष्ट पारेका छन् । सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
महासचिव विप्लवले १३ गतेको नेपाल बन्द लगायत आमहडताल सफल पार्नेहरूप्रति धन्यवाद दिएका छन् ।