१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोदी लहर आएसँगै दिल्ली जाने मूडमा ओली

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार १८:०७

काठमाडौं– दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मेमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले मेइ ३० को दिन राष्ट्रपति भवनमा सपगग्रहणको कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
उनका अनुसार सपथग्रहण कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । निम्ता आएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि जान इच्छुक देखिएका छन् । यद्यपि निर्णय भने भइनसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
बिम्सटेक राष्ट्रमा नेपाल र भारतसहित बंगलादेश, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान रहेका छन् । गएको अगस्टमा नेपालमा विमस्टेक सम्मेलन भएको थियो ।