१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मानवबेचविखन तथा ओसारपसार गर्ने र करोडौं ठगी गर्ने पक्राउ (भिडियो)

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार १९:१९

सीआईबीले थाइल्याण्डमा बसी मानवबेचविखन तथा ओसारपसार गर्ने तथा करोडौं ठगी गर्ने परशुराम गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गुरुङलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा उनी थाइल्यान्डको बैंककमा पक्राउ परेका थिए । प्रहरीको अन्तराष्ट्रिय संगठन ‘इन्टरपोल’को सहयोगमा उनलाई शुक्रबार बेलुका थाइल्यान्डबाट काठमाडौं ल्याइएको हो । गुरुङ गएको चैतमा बैंककमा पक्राउ परेका थिए । प्रहरीले २०७१ सालदेखि नै उनको खोजी गरिरहेको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।