१३ बैशाख २०८१, बिहीबार
Follow Us

अवैध बाटो हुँदै विदेश पठाउने महिला सहित तीन पक्राउ

sarusaru
१४ जेष्ठ २०७६, मंगलवार ०२:५७

बिर्तामोड : नेपाली महिलालाई भारतीय नाका हुँदै गैर कानुनी रुपमा कुवेत पठाउने काममा संलग्न एक महिला सहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा भद्रपुर–४ ज्ञानेचोकका ३१ वर्षीय मंगल सिंह लिम्बू, सोही वडाको फागुचोक बस्ने ३० वर्षीया मीना थापामगर र मेचीनगर १५ प्रगति टोलका ४५ वर्षीय मुलुक चन्द राजवंशी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाका अनुसार मोरङका दुई र झापाकी एक गरी तीनजना महिलालाई काँकडभिट्टा नाका हुँदै भारततर्फ लैजाने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेपछि लिम्बू, थापामगर र राजवंशी एजेन्ट रहेको खुलेको र बाँकी महिलालाई भारतीय भूमि हुँदै कुवेत पठाउन लगेको अनुशन्धानका क्रममा खुलेको डिएसपी थापाले बताए ।

उद्वार गरिएका महिलाहरुको तीनवटा पासपोर्ट पनि पक्राउ परेका लिम्बूको साथबाट बरामद भएको प्रहरीको भनाको छ । उद्वार गरिएका झापा र मोरङका तीन महिला २२ देखि ३५ वर्ष उमेर समूहका विवाहित हुन् ।

उद्वार गरिएका तीनैजना महिलालाई उनीहरुको परिवारमा जिम्मा लगाइएको छ । पक्राउ परेका तीन जनालाई मानव बेचविखन तथा ओसारपोसर सम्बन्धी मुद्दा सोमबार अदालतमा दर्ता गराइ थप अनुसन्धान भइरहेको डिएसपी थापाको भनाइ छ ।

महिला भारत हुदै तेस्रो मुलुक पठाउने गहिरोका तीन एजेन्ट पक्राउ परेपनि उनीहरुको मुख्य योजनाकार अर्कै व्यक्ति भएकाले अनुसन्धान भइरहेको थापाले बताए । योजनाकारको खोजी कार्य तीव्र पारिएको उनको भनाई छ ।
अन्नपूर्ण पोष्ट