१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्थानीय तहबाट १५ हजार कर्मचारी माग : बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०३:०३

काठमाडाैं-सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ ।

पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो ।

मन्त्रालयको प्रस्तावअनुसार लोकसेवाले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ । लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ । अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ । नयाँ पत्रिकामा खबर छ ।