१३ बैशाख २०८१, बिहीबार
Follow Us

आइजिपी खनाल भन्छन्, ‘प्रहरी बलियो भएकैले घरबाहिर बम पड्काउन सकेनन्’

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०३:०७

आइजिपी सर्वेन्द्र खनालले प्रहरी बलियो भएकैले विप्लव समूहले घरबाहिर बम पड्काउन नसकेकाे बताएका छन् ।
नयाँ पत्रिकासँगकाे कुराकानीमा उनले भनेका छन्-
विप्लव समूहका हिंसात्मक घटना बढेका छन्, तर सूचना र सुरक्षामा प्रहरी कमजोर देखिएको छ । प्रहरीलाई सरकारको कस्तो निर्देशन छ ? तपाईंहरूको आफ्नै कस्तो योजना छ ?
प्रहरीसँग प्रस्ट योजना छ । योजनाअनुसार नै हामीले काम गरिरहेका छौँ । हाम्रो योजनाकै कारण उनीहरूले घरबाट बाहिर निस्किएर विस्फोट गर्न नसकेका हुन् । प्रहरीको उपस्थितिले नै घरभित्रै उनीहरू आत्तिएर बम पड्किने अवस्था आएको छ । प्रहरी बलियो भएकाले नै सर्वसाधारणलाई लक्षित गरेर विस्फोट गर्ने उनीहरूको योजना असफल भएको हो ।