१५ बैशाख २०८१, शनिबार
Follow Us

सुन तस्करीमा तारेखमा छुटेका अधिकारीलाई सूचना संकलन गर्ने जिम्मा !

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०३:१३

१० वर्षे द्वन्द्वको समयमा नेपाल प्रहरीको विशेष ब्युरो (प्रतिआतंकवाद सेल) शक्तिशाली थियो । ‘अन्डरकभर अपरेसन’ गर्ने ब्युरोका प्रहरीलाई अन्य प्रहरीले समेत चिन्दैन थिए ।

कतिपय प्रहरी माओवादीको संगठनभित्रै घुसेर सूचना संकलन गर्थे । यो ब्युरोका प्रहरीलाई तालिममा अमेरिका र युरोप पठाइन्थ्यो । अहिले पनि राज्यविरुद्ध हुने अपराध, विद्रोह र आतंकवादसँग सम्बन्धित घटनाको सूचना संकलन गर्ने जिम्मा ब्युरोकै छ । तर, ब्युरो निष्क्रियजस्तै छ । कतिसम्म भने गत १० फागुनमा भएको नख्खु विस्फोटमा संलग्नलाई समेत स्थानीय प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय विशेष ब्युरोको नेतृत्वमा कुनै महत्वपूर्ण अनुसन्धान हुन सकेको छैन । प्रहरी नेतृत्व नै ब्युरोलाई सशक्त बनाउने पक्षमा देखिँदैन । ३३ किलो सुन काण्डमा जेलबाट छुटेका एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेललाई ब्युरोमा खटाइएको छ । उनीहरूलाई निश्चित जिम्मेवारी दिइएको छैन । नयाँ पत्रिकामा खबर छ ।