१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०८:२७

नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।