७ बैशाख २०८१, शुक्रबार
Follow Us

धरहरा पुनर्निर्माणः टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०८:२९

काठमाडौं(राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन्।
धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको छ ।
श्रेष्ठले निर्माण कार्य तालिकाअनुसार नै अघि बढेको र निर्माणको क्रममा स्थानीय समुदायबाट अझ सहयोग प्राप्त भए कार्य गर्न सहज हुने बताए ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अवलोनकनका क्रममा धरहरा पुनर्निर्माण कार्य सन्तोषजनक गतिमा अघि बढेको पाएको बताए ।
उनले प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि सबैभन्दा बेसी फाइदा स्थानीय समुदायलाई नै हुने भएकोले पुनर्निर्माणमा सहयोगको अपेक्षा पनि गरे ।