१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ड्राइभिङ इस्न्टिच्युट सञ्चालक पक्राउ

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०८:३३

काठमाडौं–हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले घुस लिइसकेको अवस्थामा उनीहरुलाई ड्यामसाइड स्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट पक्राउ गरिएको जानकारी दिए ।