६ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघ सरकार विरुद्ध प्रदर्शनमा

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०८:३८

केपि ओली सरकारले जनतालाई सुशाशन दिन नसकेको भन्दै नेविसंघ सरकार विरुद्ध सडक प्रदर्शनमा उत्रिएको छ । स्वतन्त्र प्रेस माथि अंकुश लगाउने गरि संसदमा दर्ता भएको विधेयकको विरुद्ध लगाएत स्वयं सरकार नै भ्रष्टाचारमा लिप्त भएको अझैसम्म निर्मला पन्त हत्याकाण्ड, वाइड बोडि जहाज काण्ड, सुन तस्करि काण्ड, सरकारी जग्गा अतिक्रमण गर्ने काण्ड, एनसेल कर छलि काण्ड, चिनि काण्ड लगाएत काण्डै काण्ड आतंक मच्चाईरहेको कारणले नेविसंघ प्रदर्शनमा उत्रिएको नेता मोति भण्डारीले बताए ।

राष्ट्रियता माथि नै खतरा हृुने गरि संविधान विपरित नागरिकता वितरण गरेका,े सत्ता र शक्तिको आडमा संवैधानिक निकाय माथिको हस्तक्षेप गरेको, स्वतन्त्र न्यायपालिकालाई नियन्त्रण राख्ने गरि वर्तमान कम्युनिष्ट सरकार अधिनायकवादि उन्मुख भएको कारणले वाध्य भएर यो दुई तिहाइको सरकार विरुद्ध प्रदर्शनमा उत्रिन परेको नेविसंघ नेता भण्डारीले वताए ।

विश्वद्यिालयको स्वायत्तता माथिको हस्तक्षेप र निजि विद्यालयले लिने चर्को शुल्क तथा शिक्षा क्षेत्रमा भएको बेथितिको विरुद्ध आन्दोलनमा जानुपरेको हो । शान्तिपुर्ण विरोध प्रदर्शन शंकरदेव क्याम्पस हुदै बागवजार, पुतलीसडक हुदै पद्यमकन्या क्यापस अगाडी पुगि कोण सभामा परिणत भएको थियो । उक्त सभामा विद्यार्थी नेताहरु मोतिलाल भण्डारी, लिलावल्लभ दाहाल काका, शिव रिमाल लगायतले सरकारको कडा आलोचना गर्दै आगामि दिनमा सरकार नसच्चिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए । उक्त आन्दोलनको नेतृत्व विद्यार्थी नेता मोति भडारीले गरेका थिए ।