७ बैशाख २०८१, शुक्रबार
Follow Us

लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०८:४८

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित पैदलयात्रीको साथबाट नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गरेको अवस्थामा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले परियारलाई उक्त नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।