एक जहाजको उडान ३८ मिनेट ढिलो गराएपछि मेक्सिकोकी वातारणमन्त्री पदबाट राजीनामा दिन व्याध्य भएकी छिन् ।
समयमै विमानस्थल पुग्न नसक्ने भए पछि मन्त्रीले आफ्नो शक्तिको दुरुपयोग गरेर जहाज उडान ढिलो गराएकी थिइन् ।
तर यो अभ्यास मेक्सिकोको राष्ट्रपतिको कानुनी शासनको वाचा विरुद्ध रहेको भन्दै व्यापक आलोचना भएको थियो ।
वातारवण मन्त्री जोसेफा गान्जालेज अघिल्लो शुक्रबार मेक्सिकोको उत्तरी छिमेकी अमेरिकी सिमानामा रहेको सहर मेक्सिकालीतर्फ उड्न लागेकी थिईन् ।
तर कुनै कारणले ढिलो भएपछि उनले जहाजको पदाधिकारीलाई फोन गरेर जहाज उड्न ढिलाई गर्न आग्रह गरिन् । स्रोतका अनुसार ती पदाधिकारी मन्त्रीकी साथी हुन् ।
यस कार्यको मेक्सिकाको वामपन्थी राष्ट्रपति एण्ड्रे म्यानुअल लोपेस ओब्रेडरले पनि अलोचना गरेका छन् । शनिवारको घटनामा टिप्पणी गर्दै लोपेजले भनिन् ,‘जहाजमा रहेका त्यत्रा यात्रुले उनलाई पर्खनु पर्यो । यो निक्कै खेदजनक अवस्था हो ।’