१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मोटरसाइकल चोरी गर्ने ६ जना भक्तपुरबाट पक्राउ

sarusaru
१५ जेष्ठ २०७६, बुधबार ०२:०५

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकल सहित चोरी कार्यमा संलग्न ६ जनालाई विभिन्न मितिमा पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रामेछाप सुनापाती गाउँपालिका ६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका ५ फेदीगुठ घर भई हाल काठमाडौं बौद्ध जारपाटी बस्ने १९ वर्षीय प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका ३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेम बहादुर कटवाललाई पक्राउ गरेको छ।

त्यस्तै खोटाङको खोटेहाङ गाउँपालिका ९ घर भई हाल त्रियुगा नगरपालिका ३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका २ कोटबेशी बस्ने २२ वर्षीय भिजन कार्कीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

उनीहरुको साथबाट प्रदेश ३/००२/००४ प ६४७१, प्रदेश ३/०२/००१ प ७४७९, ग १५ प १८९८, बा ९८ प ५५१३, बा ८० प ४५४१ र बा ९५ प ९३८६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

मोटरसाइकल चोरी, बिक्री वितरण तथा चोरीका मोटरसाइकलहरुको नम्बर परिवर्तन गरी प्रयोग गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, उदयपुर, सिन्धुपाल्चोक, महानगरीय प्रहरी वृत्त वौद्ध काठमाडौं तथा महानगरीय अपराध शाखा भक्तपुरसंगको समन्वय तथा सहयोगमा बैशाख २४ गते देखि जेठ १० गतेसम्म पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
डिसी नेपाल