७ बैशाख २०८१, शुक्रबार
Follow Us

जथाभावी बीउ बाँड्नेलाई जरिवानासहित कैद

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार ०३:५६

काठमाडौं । तपाई जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न ? हो त्यसैले अब ख्याल गर्नुहोला, सरकारले यस्तो कार्य गर्ने कडा कानुनी कारवाही हुने विधेयक तयार पारेको छ ।

बीउ विजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त ऐन सोही साल कार्तिक १० गते तत्कालीन राजा बीरेन्द्रले जारी गरेका थिए । उक्त ऐन २०६४ साल माघ १० गते पहिलोपटक संशोधन भएको उक्त ऐनमा गलत काम गर्नेलाई जरीवानाको व्यवस्था भए पनि कैद राख्ने भन्ने थिएन तर अहिलेको संशोधनमा कैद सजाय थपिएको छ ।

उक्त विधेयकमा अनुमति नलिई बीउ विजन प्रयोगशाला सञ्चालन गरेमा ५० हजार रुपिँयासम्म जरिवाना हुने व्यवस्थाको सट्टा ५० हजारदेखि १ लाख रुपिँयासम्म जरिवाना वा १ महिनादेखि ३ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान राखिएको छ । अनुमति नलिई बीउ विजन बिक्री वितरण गरे वा गराएमा १० हजारदेखि २० हजार रुपियाँसम्म जरिवाना भनिएको ठाउँमा ५० हजारदेखि १ लाख रुपिँयासम्म जरिवाना वा १ महिनादेखि ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।