१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एआइजी जगेडामा : प्रहरीको महत्वपूर्ण विभाग नेतृत्वविहीन

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार ०४:०७

सुरक्षा निकायमा अप्रेसन विभाग सबैभन्दा महत्वपूर्ण विभागका रूपमा लिइन्छ । प्रमुखपछिको व्यक्तिलाई जिम्मेवारी दिने चलन छ । तर, नेपाल प्रहरीको कार्यविभाग भने नेतृत्वविहीन छ । एक एआइजी जगेडामा राखेर विभागलाई नेतृत्वविहीन बनाइएको छ । देशमा हिंसात्मक घटना बढिरहेका वेला विभागलाई नेतृत्वविहीन बनाउँदा शान्ति–सुरक्षामै यसको असर पर्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

दुई साताअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआइजी पुष्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो । प्रतिष्ठानमा कार्यरत एआइजी धिरु बस्नेतलाई दरबन्दी नै नभएको राष्ट्रिय सुरक्षा परिषद्मा राखिएको छ । भएका एआइजीलाई जिम्मेवारी नदिई एआइजीको दरबन्दी थप गर्न प्रहरी प्रधान कार्यालयले लबिङ गरिरहेको छ । प्रतिष्ठानमा आर्थिक अनुशासन कायम नगरेको आरोपमा बस्नेतलाई जगेडामा राखिएको बताइएको छ । अनियमितता गरेको अवस्थामा कारबाही गर्नुपर्नेमा जगेडामा राख्नु गलत भएको प्रहरी अधिकारीहरूको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।