८ बैशाख २०८१, शनिबार
Follow Us

भवन जी र म सहमतिमा अडिग छौं: उपाध्यक्ष कुमार पन्त

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार ०७:५४

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले २ पटक उपाध्यक्ष भैसके पछि अध्यक्षमा उम्मेदवारी दिनुको विकल्प नभएको बताएका छन् । पन्तले अमेरिकाबाट संचालित अनलाइन प्रोटल विश्वन्युजलाई (कि उठ्नुपर्छ, कि मैले बिदा लिनुपर्छ, म स्वभाविक रुपमा प्रत्याशीः पन्त) अन्तरवार्ता दिदैं विधानले पनि उपाध्यक्षमा दोहोरिन कुरा रहेन कि मैले विदा लिनुपर्दछ कि अध्यक्षको रुपमा कन्टिन्यू हुनुपर्दछ । मसँग अर्को अप्सन छैन् भनेका छन् ।
पन्तले सक्रिय रुपमा संघको पदमा रहेर लाग्ने हो भने म अध्यक्षमा उठ्नैपर्दछ । त्यसैले पनि म अध्यक्षको प्रत्याशी बन्ने कुरा स्वभाविक हो र म अध्यक्षको प्रत्याशी हुन्छु भनेका छन् ।

उनले अध्यक्षको प्रत्याशी बन्ने कुरालाई संसारभरका साथीहरुले कसरी लिनुहुन्छ भनेर बुझ्न समेत विभिन्न देशमा गएर साथीहरुसँग भेट्ने फिडब्याक लिने सुझाव लिने काम गरिरहेको बताए ।

जहा जहा गैरहेको छु मेरो उम्मेद्वारी गर्ने कुरालाई साथीहरुलाई सकारात्मक रुपमा लिनुभएको छ अगाडि बढ्न भनिरहनुभएको छ । त्यसैले म अध्यक्षको प्रत्याशी बन्छु ।

उनले संघका अध्यक्ष भवन भट्टसंग भएको सहमतिको बारेमा मुख खोल्दै भनेका छन् ‘हामी २ जना विचको कुराकानी,सहमती वा भनौं एग्रिमेन्टले सबैं एनआरएनहरुलाई त खास ठूलो अर्थ राख्दैन । तर पनि हामी विचमा विगतमा उहा (भवन भट्ट) अध्यक्षमा उठ्दा मैले सघाउने र अव म अहिले उठ्दा उहाँले सघाउने सहमती भएको हो । हामीहरु त्यही रुपमा अगाडि बढेका छौं । त्यसमा नैं अहिले पनि अडिग छौं । ‘