१५ चैत्र २०८०, बिहीबार
Follow Us

तमुधिं युकेका मिडिया संयोजक रोहित गुरुङद्धारा राजीनामा

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार ०८:३१

लण्डन । तमुधिं युकेका मिडिया संयोजक रोहित गुरुङले राजीनामा गरेका छन् ।
आइतवार भएको १७ गोर्खा कप फुटवलको समाचार संकलन गर्न पुगेका पत्रकारहरु माथि भेदभाब भएको समाचार आए पछि गुरुङले राजीनामा गरेको रोतोपाटी अनलाइनले जनाएको छ ।
गत आइतबार नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार समेत रहेका रातोपाटी युकेका प्रतिनिधि बिपिन निरौला लगायतका समाचार संकलन गर्न गएका केहि पत्रकारहरुलाई तमुधी युकेका एक सदस्यद्वारा भेदभाब र दुरब्यबहार भएको घटनाप्रति दुख ब्यक्त गर्दै संस्थाका मिडिया कोर्डिनेटर रोहित गुरुङले सो पदबाट राजीनामा दिएको समाचारमा उल्लेख छ ।