७ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीमान जेलमा श्रीमतीले खर्च गरिन् सपिङमा १६ मिलियन पाउण्ड

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार ०९:३०

श्रीमान जेलमा रहेकी एक महिलाले लण्डनस्थित डिपार्टमेन्टल स्टोरमा १६ मिलियन पाउन्ड खर्च गरेको खुलेको छ ।
स्रोत नखुलेको सम्पत्तिबारे बेलायतमा गरिएको पहिलो अनुसन्धानमा यस्तो खुलासा भएको हो । महिला अजरबैजानकी हुन् ।

जामिरा हाजियभाले एकै दिनमा ६ लाख पाउन्डसम्म खर्च गरेको पत्ता लागेको छ । उनले फेसन ब्रान्ड, गहना र परफ्युममा करोडौं खर्च गर्ने गरेको तथ्य फेला परेको छ । साथै, उनले एकैपटक ३० हजार पाउन्ड खर्च गरेको र ह्यारोड्स स्टोरको खेलौना विभागबाट १४ करोड बढीको खेलौना किनेकी छिन् ।

हाजियभा, अजरबैजानका बैंकरकी श्रीमती हुन् । अहिले उनी जेलमा छन् ।

उनलाई खर्च गरिएको रकमको स्रोत उपलब्ध गराइदिन निर्देशन दिइएको छ । साथै, उनी र उनका श्रीमानले कसरी यत्तिका सम्पत्ति जोड्न सके भनेर जवाफ माग गरिएको छ ।