७ बैशाख २०८१, शुक्रबार
Follow Us

अतिसवाजीसहित ट्रकलाई रेड कार्पेटमा स्वागत

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार १०:५०

लामो समय बन्द भएको तातोपानी नाका आजबाट खुलेको छ । नेपाल चीन व्यपारका लागि महत्वपुर्ण मानिएको तातोपानी नाका बन्द भएको ४९ महिनापछि बुधबारबाट खुलेको हो ।
बुधबार चीनको खासाबाट ऊन बोकेर नेपाल आएका चारवटा ट्रकलाई तातोपानी नाकामा अतिसवाजीसहित रातो कार्पेटले स्वागत गरिएको हो । सो नाकाबाट ना ६ ख ४७५१ नम्बरका ट्रकसहित चार ट्रक बुधबार ऊन लिएर नेपाल भित्रिएका हुन् ।
औपचारिक रुपमा तातोपानी नाका सञ्चालन भएसँगै बुधबार चीनबाट ४ वटा गाडी उन लिएर नेपाल आउनुकासाथै नेपालबाट २ गाडी सामनसहित चीनतर्फ गएका छन् ।
उद्योग वाणिज्य मन्त्री मातृका यादब, सांसदरु अग्नि सापकोटा शेर बहादुर तामाङलगायतका नेताहरुले चीनबाट आएका ट्रकलाई स्वागत गरेका थिए ।
नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सिमाना मितेरी पुलमा चिनियाँपक्षले बिशेष समारोहको आयोजना गरेको थियो भने नेपालतर्फ लिपिङ बजारमा नेपालीपक्षले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरु झन्डा बोकेर सहभागि भएका थिए ।