१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकार बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउन लाग्यो : वरिष्ठ नेता पौडेल

sarusaru
१५ जेष्ठ २०७६, बुधबार १२:१०

दिपायल। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउनका लागि विभिन्न विद्येयक संसदमा अगाडि बढाएको बताएका छन्। नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले मुलुकको शासन सत्ता लोकतन्त्रमा विश्वास नगर्न शक्तिका हात गएकाले आम नागरिकमा फेरि लोकतन्त्र संकटमा पर्न लागेको आभास भएको बताए।

उनले भने–‘सरकारले ल्याएको विद्ययेक सवै नागरिक अधिकार र लोकतन्त्र तथा संविधानलाई अनादर गर्ने खालका छन्। यो लोकतन्त्रमा विश्वास नहुने शक्तिका हातमा सत्ता पुगेका कारण भएको हो। उनीहरु बैधानिक रुपमा लोकतन्त्रको उल्ट्याउने प्रयास स्वरुप प्रेसमाथि अंकुश लगाउने विद्येयक, मानवअधिकार आयोगलाई कमजोर बनाउने विद्येयक, सेनामाथि नियन्त्रण गर्ने, विश्वविद्यालयलाई राजनीतिक भर्तिकेन्द्र बनाउने विद्येयक सरकारले अगाडि बढाएको हो।’

पौडेलले कांग्रेस सिंगो मुलुक र समाजलाई लोकतान्त्रीकरण गर्ने अभियानमा लागेको बताए। उनले नेपाललाई अनिश्चितता तर्फ लैजाने संकेत देखा पर्न लागेको बताए । उनले मुलुकले हिंसा धान्न नसक्ने भन्दै गणतन्त्रको रक्षाका लागि पनि तत्काल हिंसाको अन्त्य गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरे ।

उनले भने–‘हिंसा मुलुकले धान्न सक्दैन् । त्यसोभएकाले गणतन्त्रको रक्षाका लागि हिंसाको अन्त्य हुनुपर्छ । अहिले जनमत लिएर कम्युनिष्ट पार्टी सत्तामा पुगेका छन् । मुलुकमा गणतन्त्र आएको छ । अब पनि जनतालाई विश्वास नगर्ने राजनीति पार्टीले आफुलाई राजनीति दर्जामा राख्न मिल्दैन।’

पौडेलले बम बारुद पड्काउने हिंसा जस्तै भ्रष्टाचार पनि अर्को हिंसा भएको बताए । उनले हिंसा र भ्रष्टाचार दुवै लोकतन्त्र विरोधी भएको बताए । पौडेलले भने–‘व्यक्ति हत्या र बम पड्काउनु जस्तै भ्रष्टाचार पनि अर्को हिंसा हो । भ्रष्टाचारले पनि जनताको इच्छा अनुरुपका काम हुन सक्दैनन् । यी दुवै लोकतन्त्र विरोधी हुन ।

पौडेलले सरकारले पक्षपाती, मनोमानी शासन संचालन गरी मुलुकलाई निरंकुशता, कम्यूनिष्ट अधिनायकबाद तिर लगेको आरोप लगाउँदै शासकको नियतमा खोट भएको बताए । ‘अपराधिहरु राजनीतिक संरक्षणमा छन्। अपाराधीहरु कानुनको दायरामा आउँदैनन्’, नेता पौडेलले भने,‘अख्तियार निरिह छ । अदालत पुलिस प्रशासन निरिह छ तसर्थ कम्यूनिस्टहरुले देश चलाउँन सकिरहेको छैन । यो सरकार असफल भएको छ।’
डिसी नेपाल