१३ बैशाख २०८१, बिहीबार
Follow Us

संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती : नेता पौडेल

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार १४:४८

कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकारसम्मेलनमा नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतासहितको संविधान कार्यान्वयनका लागि स्थानीय तथा प्रादेशिक तहको निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

निर्वाचनको वातावरणका लागि मधेसी मोर्चासँग संवाद भइरहेको बताउँदै उहाँले केही दिनमै संविधान संशोधनका प्रस्ताव संसदमा दर्ता हुने उल्लेख गर्नुभयो ।

नेता पौडेलले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको विषयमा संसदीय प्रक्रिया अघि बढिसकेको र संसदको प्रक्रियाले अन्तिम टु¬ङ्गो लगाउने उल्लेख गर्नुभयो ।